रविलक्षित घनश्याम भुसालकाे टिप्पणी- ओलीका मानस पुत्रहरुले राजनीतिलाई सस्तो ठाने

रविलक्षित घनश्याम भुसालकाे टिप्पणी- ओलीका मानस पुत्रहरुले राजनीतिलाई सस्तो ठाने

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले देशको राजनीतिमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको उदयसँगै घृणा र निन्दाको संस्कृति बढ्दै गएको आरोप लगाएका छन् । 

शुक्रबार पार्टी निकटविद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले नेपाली राजनीतिमा ओलीको उदयसंगै घृणा, निन्दा, खुट्टा तानातान, भत्र्सना र गालीगलौजको परम्परा बढ्दै गएको आरोप लगाएका हुन् । 

उनले भने,‘राजनीतिमा जतिबेला कमरेड ओलीजीको उदय भयो त्यसपछि राजनीतिमा घृणाको , निन्दाको खुट्टा तानातानको भ्रष्टाचारको गालीगलौजको परम्परा भन्नुहोस् संस्कृति बन्दै गयो । अहिले त ओलीजीभन्दा दश हात पर निन्दा भत्सर्नामा आए । नयाँ पुस्ता आए ।’

अहिले राजनीतिमा आएका नयाँ पपुलिस्टहरु केपी ओलीको मानस पुत्रहरु भएको टिप्पणी गर्दै भने,उनले भने- ‘त्यो पपुलिजम ठक्कर खायो त्यसपछि नयाँ पपुलिस्टहरु बजारमा आएका छन् । राजनीतिलाई असाध्यै सस्तो ठानेका छन् तिनीहरुले  । तीनका कुरा र हाउभाउ सुन्नुस् । राजनीति मानौं चुड्कीको भरमा गर्ने भनेर सोच्दैछन् । त्यसैले ती ओलीजीका मानस पुत्रहरु हुन् अहिलेका पपुलिजमहरु भन्ने गरेको छु मैले । फन्टुस नयाँ पपुलिस्टहरु आउँदैछन् ।’

Logo