ओलीले नियतबस सर्वदलीय बैठकमा आफ्नो पार्टीलाई रोक लगाएको अध्यक्ष नेपालको आरोप

ओलीले नियतबस सर्वदलीय बैठकमा आफ्नो पार्टीलाई रोक लगाएको अध्यक्ष नेपालको आरोप

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नियतबस आफ्नो पार्टीलाई सर्वदलीय बैठकमा सहभागि हुन रोक लगाएको आरोप लगाएका छन् । 

शनिबार काठमाडौंमा आयोजित अनेरास्ववियुको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले सुन काण्डको छानबिनको लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा राष्ट्रिय मान्यताप्राप्त गरेको छैन भन्ने आधारमा टेकेर एमाले अध्यक्ष ओलीले सहभागी हुन नदिएको आरोप लगाएका हुन् । 

उनले भने,‘ओलीले यो पार्टीको मतलव नै नराख्ने । हुँदाहुँदा हिजोअस्ती त संसदमा अरु सबै पार्टी हुन्छ । तर एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रस्तुत हुन दिएनन् । र त्यो सुनकाण्डको बारेमा भएको जुन छानविन कमिटीमा अरु सबै बसे ६ वटा पार्टी । राष्ट्रियमान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन् । अब हामी पनि सोचिरहेका छौं कि हामीले पनि केही गर्नुपर्छ । धेरै भलादमी पाराले हुँदो रहेनछ ।’

अध्यक्ष नेपालले आफूलाई प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा प्रस्ताव गरेता पनि पार्टीलाई ल्याएर बाटौमै छोड्यो भन्ने आलोचना आउने डरले अस्विकार गरेको जिकिर गरे । उनले भने,‘प्रचण्डजीले सबै बैठकमा सबैको अगाडि मलाई प्रस्ताव गरेकै हो राष्ट्रपतिको लागि म साच्चिँकै किन ईच्छुक थिइनँ भने विद्रोह गरेर पार्टी बनाईएको छ । म राष्ट्रपतिमा गएँ भने हामीलाई ल्याएर बाटौमै छोड्दिनुभयो भनेर मलाई नै आलोचना आउँथ्यो ।’

Logo