समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको विकल्प छैनः प्रधानमन्त्री प्रचण्ड

समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको विकल्प छैनः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
30
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प नभएको बताएका छन्।

आइतबार ललितपुरमा मुख्यमन्त्री कार्यालय भवन उद्घाटन कार्यक्रममा उनले सुशासन सामाजिक न्याय र समृद्धिको राष्ट्रिय उद्देश्यमा सरकार अगाडी बढेकाे भन्दै त्यसको यात्रामा जानुको कुनै विकल्प नरहेको बताएका हुन्।

उनले भने,‘सुशासन सामाजिक न्याय र समृद्धिको राष्ट्रिय उद्देश्य हाम्रो नयाँ सरकारले भनेको छ र त्यसमा अगाडी बढ्दैछ। त्यसमा सबै प्रदेशहरुको पनि सहयोग अझै राम्रसँग हुने छ। भन्ने विश्वास व्यक्त गर्न चाहान्छु। हामीलाई स्थीरता स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प हामी नेपालीहरुको अगाडी छैन।’ उनले संघीय मन्त्रीहरुको क्वाटर पनि केहि महिनाभित्रमा टुङ्गीने जानकारी दिए।

Skip This
Skip This
Logo