उपप्रधानमन्त्री खड्कासँग भारतको एडिसीका शिक्षार्थीको शिष्टाचार भेट

उपप्रधानमन्त्री खड्कासँग भारतको एडिसीका शिक्षार्थीको शिष्टाचार भेट

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भारतको नेशनल डिफेन्स कलेज (एनडीसी) नयाँदिल्लीका एयर भाइस मार्सल मनिषकुमार गुप्ताकाे टाेलीले शिष्टाचार भेट गरेकाे छ । 

साेमबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग एयर भाइस मार्सल गुप्तासहित एभिडिएसएम, एसडिएस (एयर) एनडिसी नेतृत्वमा शिक्षार्थी सम्मिलित १६ सदस्यीय भ्रमण दलका सदस्यहरुले शिष्टाचार भेट गरेका हुन् । 

भेटका अवसरमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्य मान्यता नेपालको परराष्ट्र नीति संचालनका आधारहरुको रुपमा रहेको बताउँदै सार्वभौम समानता, क्षेत्रीय अखण्डता, पारस्परिक हित र पारस्परिक लाभले नेपालको परराष्ट्र सम्बन्धलाई मार्गदर्शन गरेको उल्लेख गरे । 

संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा सहभागी भएर नेपालले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा विशेष योगदान दिएको उनले बताए । उनले रक्षासँग सम्बन्धित अध्ययनको आवश्यकता सामान्य शैक्षिक संस्थाहरूले पूरा गर्न नसक्ने हुँदा विभिन्न देशहरुमा यससम्बन्धी संस्थाहरुको स्थापना र सञ्चालन भइरहेको सन्दर्भमा नेपालमा समेत रक्षासम्बन्धी अध्ययन संस्थाको आवश्यकता महसुस गरिएको बताए ।

प्रतिनिधिमण्डलको नेतृत्व गर्ने भारतीय एयर–भाइस मार्सल गुप्ताले कार्यक्रमको आयोजना तथा सहजीकरण गरेकोमा धन्यवाद दिए । नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध तथा नेपाली सेना र भारतीय सेनाबीचको समन्वय सुमधुर रहेको उनको भनाई छ ।

सो अवसरमा रक्षा मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालय तथा नेपालस्थित भारतीय दूतावासका अधिकारी एवम् नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति थियो ।

Skip This
Skip This
Logo