काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको सबल व्यवस्थापनको माग गर्दै अनशनरत युवालाई भेटेका छन् ।
प्रधानमन्त्री ओलीले आज ह्याम्स अस्पताल पुगेर ‘इनफ इज इनफ’ समूहका अनशनकारीको स्वास्थ्यावस्थाबारे जानकारी लिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
भेटमा प्रधानमन्त्रीले सरकार कोभिड–१९ नियन्त्रण गर्न पारदर्शी ढङ्गले सक्रिय रहेको उल्लेख गरेका थिए । पाटन दरबार स्क्वायरमा गत सातादेखि अनशन बसेका युवाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको थियो ।































प्रतिक्रिया