सांसदहरु रबर स्ट्याम्प होइनन् -सांसद पराजुली

सांसदहरु रबर स्ट्याम्प होइनन् -सांसद पराजुली

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले सांसदहरुलाई रबर स्ट्याम्पको रुपमा उपयोग गरेर विधेयक पास गराउने प्रयास सफल हुन नसक्ने बताएका छन् । 

आज प्रतिनिधिसभाको बैठकपश्चात सांसद पराजुलीले संशोधनको लागि आएको एकमुष्ट विधेयक विकृती र आफैमा आपत्तिजनक भएको भन्दै स्विकार गर्न नहुने बताएका हुन् । उनले भने, ‘हामीले सत्ता पक्षका सांसदहरुलाई पनि आग्रह गरेका छौँ, यस्तो देश र जनताको अहितमा आएका विधेयकहरुलाई स्विकार गर्नु हुदैँन् । यसरी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा छिराएर यस्तो देशद्रोही कानून सांसदहरुलाई रबर स्ट्याम्पको रुपमा उपयोग गरेर पास गराउँने प्रयास गर्नुभएको छ यो कदापी हुने छैन्  । यो विधेयक आफैमा आपत्तिजनक छ । यो एकमुष्ट आएको विधेयक विकृती हो ।’ 

उनले राजनीतिसँग जोडेर गरेका जस्तोसुकै अपराधलाई पनि माफी दिने खालको ऐन आपत्तिजनक भएको पनि बताए । उनले भने, ‘दफा ६४ मा मुलुकी ऐन संशोधन गरेर उपदफा १६ को क थप गरिएको छ जसमा राजनीतिक प्रकृतिका राजनीतिसँग जोडेर गरेका जस्तासुकै अपराधलाई पनि माफि दिने भनेर विधेयक ल्याएको छ । कुन उद्देश्यले ल्याएको विधेयक हो । कानून आम नागरिकलाई मात्रै लाग्ने हो ।’ 

आज सरकारले प्रस्तुत गरेको विधेयकमा ८१ वटा फरक फरक दफा र २६ वटा फरक फरक क्षेत्र छोएको भन्दै सम्बन्धीत कानूनमन्त्रीलाई पनि यसको जानकारी नभएको सांसद पराजुलीको भनाई छ । 

Skip This
Skip This
Logo