एमाले महासचिवसहित २१ जना आइतबार चीन जाँदै

एमाले महासचिवसहित २१ जना आइतबार चीन जाँदै

केन्द्रबिन्दु
0
Shares

एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा २१ सदस्य टोली आइतबार चीन भ्रमणमा निस्कने भएका छन्। भदौ १७ गते चोङचिङ जाने टोली भदौ २१ गते चीनको राजधानी बेइजिङ पुग्ने भएका हुन्। 

महासचिव पोखरेलसँगै टोलीमा विदेश विभाग प्रमुख राजन भट्टराई,प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह,विदेश विभागमा चीन डेस्कका प्रमुख गोपाल खनाल, केन्द्रीय सदस्यहरू मञ्जु गुरुङ, कल्पना थापा, मानवीर राई, नीरज आचार्य, रचना खड्का, अजय गुप्ता, कपिल पोखरेल, पीताम्बर भुसाल, सहदेव बोगटी,राम राना रहेका छन्। 

त्यसैगरी राष्ट्रिय युवा संघ अध्यक्ष क्षितिज थेवे,अनेरास्ववियु अध्यक्ष समीक बडाल, अखिल नेपाल महिला संघ अध्यक्ष टुका हमालसहित सहभागि हुने छन्। भदौ १७ देखि २९ गतेसम्म टोलीले ग्वान्झाओ,बेइजिङ र चिन हाईको भ्रमण गर्नेछ। साथै, त्यहाँ रहँदा चिनियाँ कम्युनिष्ट पार्टीका विभिन्न तहका नेताहरू संवाद र कार्यक्रममा सहभागि हुने छन्। 

Logo