उद्योगीहरुले चाहे याे सरकार २४ घण्टा पनि टिक्दैन -सांसद शर्मा

उद्योगीहरुले चाहे याे सरकार २४ घण्टा पनि टिक्दैन -सांसद शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता सुनिल शर्माले आफूहरु लाग्ने हो भने सरकार २४ घण्टामै ढल्ने चेतावनी दिएका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा सांसद शर्माले अहिलेका नेताकै कारण देश बर्बाद भएको भएको भन्दै त्यसविरुद्ध आवाज उठाउन ढिला भएको बताएका हुन् । उनले अहिलेका प्रधानमन्त्री प्रचण्डलाई देशै रित्तियो भने कसको प्रधानमन्त्री बन्ने भन्दै प्रश्न उठाए ।

उनले भने ‘सिंहदरबार घेर्नुपर्छ भने त्यो घेरौं । गान्धिको चर्खा आन्दोलन जस्तै दशौं लाख मानिसहरु सडकमा निस्कौं र हामी सुतौं र भनौं एउटा मान्छे एउटा पार्टीको ४० वर्षसम्म अध्यक्ष हुन पाउँछ कि पाउँदैन् ? कानून त्यहाँ परिर्वतन गर्नु पर्छ हामीले, एउटा मान्छे छ पल्ट प्रधानमन्त्री हुन पाउँछ कि पाउँदैन् कानून हामीले त्यहाँ परिर्वतन गर्नु पर्छ हामीले । अमेरिकी स्टाईलमा लैजाँउ न हामी एक व्यक्ति एक पद दुईपल्ट यतिमात्रै चेन्ज गर्यौ भने नेपालको ९० प्रतिशत समस्या समाधान हुन्छ ।’

सांसद शर्माले उद्योग बाणिज्य महासंघले आफ्नो क्षमता नबुझेको भन्दै उद्योगीहरुले चाहे २४ घण्टामा सरकार ढल्ने ठोकुवा गरे । उनले भने ‘एफएनसीसीआईका साथीहरु तपाईहरुले आफ्नो दम बुझ्नु भएको छैन । यो सरकार २४ घण्टा टिक्दैन यदी हामी लाग्यौं भने ।’

Logo