सुशासनको अभियान असफल बनाउने दुष्प्रयास भइरहेको छः गृहमन्त्री श्रेष्ठ

सुशासनको अभियान असफल बनाउने दुष्प्रयास भइरहेको छः गृहमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरु गरेको सुशासनको अभियान असफल बनाउने प्रयासहरु भइरहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारण सभा कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सरकारले चलाएको सुशासन र भ्रष्टाचारविरोधी गतिविधिलाई असफल बनाउने प्रयास भइरहेको बताएका हुन् । 

उनले भने, ‘यो सुशासनको विरुद्ध ,तागतका विरुद्ध सञ्चालन गरिएको हो । ती प्रवृत्ति र तागतहरु संगठीत भएर यसलाई असफल बनाउने दुश्प्रयत्नहरु पनि गर्दैछन् । तर सरकारले यो सुशासनको अभियानलाई छोड्ने वाला छैन् । यो अभियानबाट विश्राम लिने वाला छैन ।’

गृहमन्त्री श्रेष्ठले सबै युवा तथा आम जनताले सरकारले चालेको सुशासनको कदमलाई समर्थन गरेको र यसले गर्दा समृद्धिको यात्रामा तिव्र भएर अगाडि बढ्न हौसला दिएको बताए। 

Logo