अध्यक्ष ओलीकाे आराेप- सरकारले भ्रष्टाचार अभियान चलाइरहेको छ

अध्यक्ष ओलीकाे आराेप- सरकारले भ्रष्टाचार अभियान चलाइरहेको छ

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार विरोधी नभएर भ्रष्टाचार अभियान चलाइरहेको आरोप लगाएका छन्।

शनिवार बुटवलमा भएको एमाले लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी नेतृत्वको सरकारले भ्रष्टाचार अभियान चलाइरहेको आरोप लगाएका हुन् । 

एमालेले मुलुकबाट गरिबी उन्मुलन गर्दै समृद्ध नेपाली बनाउने अभियान लिएर हिँडेको भन्दै चुनावदेखि चुनाव र सरकारमात्रै नताक्ने उनले बताए । 'एमाले जतिबेला सरकारमा जान्छ, जनताका पक्षमा काम गर्छ,' उनले भने। 

२०५१ सालको सरकारदेखि एमालेले नेतृत्वको पछिल्लो सरकारले देश विकासमा महत्त्वपूर्ण कार्य गरेको भन्दै अध्यक्ष ओलीले त्यस्ता सरकारलाई गिराउन प्रतिक्रियावादीहरू सक्रिय रहेको बताए । `नेपालको नक्सा सच्याउने, विप्लप र सीके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने काम हामीले गरेका हौं। अहिलेको सरकारको उपलब्धि १०० किलो सुन चोर्ने भएको छ। यस्तो पनि सरकार हुन्छ ?,' उनले प्रश्न गरे।

नेपाल अब पछाडि परिराख्न नहुने बताउँदै अध्यक्ष ओलीले प्राकृतिक स्रोत, खनिजको उपयोग बढाई युवाहरूलाई स्वदेशमै रोजगारीमा लगाउनुपर्ने उनको भनाइ छ। अहिलेको सरकार तस्करमा केन्द्रिकृत रहेको भन्दै राजश्व झन् घट्दै जाने उनले बताए। 'भन्सारबाट सुन आउने, कर नतिर्ने, पक्रिएको सुन हराउने। कतिसम्म लाजमर्दो काम गरेको हो। अहिले भ्रष्टाचारविरूद्ध अभियान होइन, भ्रष्टाचार अभियान चालेको हो,' अध्यक्ष ओलीले भने। 

उनले यतिसहितका विषयमा छानविन गरेर देखाउन चुनौती दिए। 'वाईडवडीमा कमिसन खानेहरू नै कुरा उठाउँछन्। मेरो चुनौती छ, छानविन गर जेल जाउ,' उनले भने।

एमाले भ्रष्टाचार गर्न सरकारमा जाने पार्टी नभएको अध्यक्ष ओलीको जिकिर छ। तर एमालेका विरूद्धमा भ्रम छर्ने काम भइरहेको उनले बताए। उनले सरकार धेरै नचल्ने निष्कर्षमा प्रचण्ड पुगेको बताए। तर एमाले सरकार जान हतारमा नरहेको उनको भनाइ छ।

Logo