युरोपियन युनियन र अमेरिकनहरूले संक्रमणकालिन न्याय टुंग्याउन दिएनन्ः लिलामणी पोखरेल

युरोपियन युनियन र अमेरिकनहरूले संक्रमणकालिन न्याय टुंग्याउन दिएनन्ः लिलामणी पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका सचिव लिलामणी पोखरेलले जनयुद्ध कालका संक्रमणकालिन न्याय व्यवस्था सम्बन्धि ऐन बनाउन नदिन चलखेल भइरहेको बताएका छन्।

विशेषगरी युरोपियन युनियनहरुले ऐन बनाउन नदिएको सचिव पोखरेलले खुलासा गरेका हुन्। युरोपियन युनियनसँगै अमेरिकी र प्रतिक्रियावादीहरु समेत यसमा लागिपरेको बताउदै माओवादीहरुलाई धम्क्याउन र तर्साउन सकिन्छ भन्ने सोचेर ऐन बनाउन उनीहरु बाधक बनेको उनकाे तर्क छ।

रुपान्तरण अभियानमा मधेश प्रदेशको इन्चार्ज समेत रहेका सचिव पोखरेलले देशमा ठूलो संकट समेत सिर्जना भइरहेको जनाएकाे छ। भूमण्डलिय राजनितिको माध्यमबाट नेपाललाई प्रयोग गर्ने उदेश्यले अमेरिकीहरुले नेपालमा नयाँ सम्झौता समेत गरेको बताउँदै सचिव पोखरेलले भने,'एमसीसी सम्झौता अमेरिकाको यसैको परिणाम हो, त्यसैले मुलुकको राष्ट्रियता,अखण्डता माथी समस्या पैदा हुँदैछ।' माओवादी जनयुद्ध लगायत अन्य राजनतिक दलहरुसगँ सम्झौता गरि बनेको ठूलो राजनीतिक परिवर्तन समेत खतरामा परेको सचिव पोखरेलको भनाइ छ।

लाेकतान्त्रिक गणतन्त्र माथी प्रतिगमनकारीहरुले टाउको उठाउन सुरु गरेको बताउँदै उनले एकात्मवादीहरुले हमला गर्न सुरु गरिसकेको दावी गरेका छन्। तीन  महिने रुपान्तरण अभियानमा माओवादी रुपान्तरित भएर आउने र जनतासँगको सम्बन्ध पुन: समधुर हुने पनि नेता पोखरेलले विस्वास व्यक्त गरेका छन्।

Skip This
Skip This
Logo