बजेट अभावले सोचेजस्तो काम गर्न नसकेको ज्येष्ठ नागरिक मन्त्रीको गुनासो

बजेट अभावले सोचेजस्तो काम गर्न नसकेको ज्येष्ठ नागरिक मन्त्रीको गुनासो

केन्द्रबिन्दु
0
Shares

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले बजेट अभावका कारण मन्त्रालयले सोचेजस्तो काम गर्न नसकेको गुनासो गरेका छन् । 

आइतबार महिला तथा सामाजिक मामिला समितिमा आर्थिक वर्ष २०८९/०८० को मन्त्रालयको कार्यविरण प्रस्तुत गरेका मन्त्री आचार्यले बजेट अभाव, अन्तरमन्त्रालयबीचको कार्यगत अस्पष्टता र समन्वयको अभाव जस्ता कारणले मन्त्रालयले आफैं काम गर्न सक्ने अवस्था नरहेको बताएका हुन् । 

मन्त्रालयमा न्यून बजेट विनियोजनको कारण महिला,बालबालिका र अन्य क्षेत्रमा चाहे जस्तो योजना र कार्यक्रम गर्न नसकिएको उनको भनाई छ । 

बालसुधारको लागि बालसुधार गृह निर्माण र व्यवस्थापन गर्न चाहेको तर, बजेटको अभावका कारण नसकेको उल्लेख गर्दै मन्त्री आचार्यले थपे, ‘बजेट अत्यन्त न्यून भएको कारणले हामीले सोचेजस्तो, विभिन्न ठाउँमा कार्यक्रमहरु,योजनाहरु सम्पन्न गर्न सक्ने अवस्था पनि छ्रैन्। खासगरी बालसुधार गृहका कुराहरु गर्दा बालसुधार गृह जो देशभरी ८ वटा छन् । ४ वटा मन्त्रालयको व्यवस्थापनमा सञ्चालनमा छ र ४ वटालाई युसेफ भन्ने संस्थाले त्यसको व्यवस्थापन हेरेको छ ।’ 

त्यस्तै, मन्त्री आचार्यले क्षमता भन्दा धेरै बालबालिकाहरु एउटै सुधार गृहमा राख्नु पर्ने बाध्यता रहेको भन्दै त्यसको सुधारका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन्। ‘खासगरी त्यो बालसुधार गृहको क्षमताभन्दा दुई गुणा भन्दा बढी त्यहाँ बच्चाहरुको संख्या छ । खासगरी सुधार गृहमा १८ वर्ष सम्मका बच्चाहरु राख्नुपर्ने र उनीहरुको मुद्दा समयमै फैसला नहुदा खेरी २७ वर्षकालाई पनि त्यसैमा राख्नुपर्ने अवस्था छ । त्यसले गर्दा खेरी त्यहाँको वातावरण नराम्रो पक्कै भएको छ ।’ उनले भने । 

मन्त्री आचार्यले बालसुधार गृह निर्माणको लागि अर्थ मन्त्रालयले बजेट नदिँदा उक्त कार्य रोकिएको गुनासो गरे । 

Skip This
Skip This
Logo