प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपामा पछिल्लो पटक विवाद चुलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

उनले दिउसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

पार्टीभित्र उनको राजीनामाको माग उठिरहेका बेला बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठकलाई चासोका रुपमा हेरिएको छ ।

बुधबार पनि ओलीले आफू निकटका मन्त्री र स्थायी कमिटी सदस्यलाई बालुवाटार बोलाएर छलफल गरेका थिए भने अर्को समुहको बैठक बेलुका ललितपुरमा बसेको थियो ।

Logo