प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान अनुकूल कानुनहरु बन्न नसकेको विषयमा जवाफ दिने भएका छन्। सोमबार दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्रीले जवाफ दिने तय भएको राष्ट्रिय सभा सचिवालयले जनाएको छ।
विधायन व्यवस्थापन समिति सभापति जयन्ती देवी राईले संविधान अनुकूल कानुनहरु बन्न नसकेको सम्बन्धी अध्ययन प्रतिवेदन सभामा प्रस्तुत गर्ने छिन्। त्यसपछि सभामा प्रतिवेदनउपर छलफल हुनेछ र अन्तिममा प्रधानमन्त्रीले जवाफ दिनेछन्।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संविधान अनुकूल बन्न बाँकी कानुनहरुको अध्ययन गरेर प्रतिवेदन नै तयार पारेको छ। प्रतिवेदनले संविधान बमोजिम आवश्यक कानुन नबन्नुमा सरकार र संसद्लाई नै मुख्य जिम्मेवार देखाएको छ ।





























प्रतिक्रिया