एमाले लुम्बिनीको नयाँ नेतृत्व चयनका लागि आज मतदान

एमाले लुम्बिनीको नयाँ नेतृत्व चयनका लागि आज मतदान

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। सोमबार रातिदेखि नै मतदान हुने भनिएकोमा मंगलबार बिहान हुने गरी स्थगित भएको थियो।

आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ। एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल प्रतिस्पर्धामा छन्।

पाल्पाका कँडेल उपाध्यक्ष विष्णु पौडेल समूहका र प्युठानका रिजाल महासचिव शङ्कर पोखरेल समूहका मानिन्छन्। कँडेल प्रदेश कमिटीको वर्तमान अध्यक्ष र रिजाल केन्द्रीय सदस्य छन्। सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन्।

सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरूमा चुनाव हुन लागेको हो। चुनावले ५ पदाधिकारीसहित २०५ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन दिए पनि चुनावी प्रक्रियाबाटै नेतृत्वको टुङ्गो लाग्ने भएको छ। 

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा चलिरहेको एमालेको लुम्बिनी प्रदेश अधिवेशनका लागि १२ वटै जिल्ला र विभिन्न २३ वटा जनसङ्गठनहरूबाट छानिएका गरी १ हजार ४ प्रतिनिधिहरू सहभागी छन्।

Skip This
Skip This
Logo