एमाले लुम्बिनी प्रदेशका अध्यक्षमा कँडेल विजयी

एमाले लुम्बिनी प्रदेशका अध्यक्षमा कँडेल विजयी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन्। हालै सम्पन्न भएको निकै चर्को आन्तरिक प्रतिस्पर्धामा कडेँल दुई मतले मात्रै विजयी भएका हुन्। 

निर्वाचन समितिका अनुसार बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा सम्पन्न मत परिणाम अनुसार अध्यक्षका अर्का प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएको घोषणा गरिएको छ।

विजयी कँडेलले ४७९ मत प्राप्त गर्दा पराजित भएका अर्का प्रतिस्पर्धी रिजाल भने ४७७ मत मात्रै प्राप्त गरेर अध्यक्ष हुनबाट वञ्चित हुनु परेको छ।

Skip This
Logo