कानून मन्त्री धनराज गुरुङले, आफूले समितिको बैठक छल्न खोजेको भन्ने आरोप अस्वीकार गरेका छन्।
कानून, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा उनले बारम्बार आफूलाई संसदीय सुनुवाई समितिको बैठक छल्न खोजेको आरोप लागेको भन्दै त्यो आरोपलाई ठाडै अस्वीकार गरेका हुन्।
उनले भने, ‘बैठक छल्न हिड्यो भन्ने कुरामा पनि कसैले पनि बैठक छल्न खोजेको भन्ने होइन। जिम्मेवारीबाट भाग्न खोजेको भन्ने पनि होईन।’ त्यस्तै उनले न्यायधीश नियुक्तिको सवालमा पनि मापदण्ड अनुसार नै काम भएको जिकिर गरे।
एकजना न्यायधीश नियुक्ती प्रक्रिया अघि बढेको र अन्य छ जना तथा एकजना मुख्य न्यायाधीश र ५० भन्दा बढी न्यायाधीश खालि हुदै गएको सन्दर्भमा त्यसलाई पूर्ति गर्ने क्रम सुरु भएको उनले जानकारी दिए।





























प्रतिक्रिया