नेपाली संस्कृतिलाई विश्व बजारमा ब्रान्डिङ गर्नुपर्छः मन्त्री किराती

नेपाली संस्कृतिलाई विश्व बजारमा ब्रान्डिङ गर्नुपर्छः मन्त्री किराती

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताएका छन्।

खेमराज गुरुङ ट्रष्टले बुधबार यहाँ आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रममा उनले नेपालको संस्कृति र प्रकृति हीरा र सुन भएको भन्दै त्यसलाई नेपालले विश्व बजारमा ‘ब्रान्डिङ’ गर्न सक्नुपर्ने बताएका हुन्।

मन्त्री किरातीले नेपाल प्राकृतिक, धार्मिक र सांस्कृतिकरूपमा धनी, ठूलो र सुन्दर रहेको बताए। संसारको अग्लो शिर सगरमाथा, गौतम बुद्ध, पशुपतिनाथ, हिमाल, पहाड, तराई, फरक पहिरन, भाषा, संस्कृति नै नेपालीको मौलिकता रहेको उनको भनाइ थियो।

उनले संसारका जनतालाई नेपालको संस्कृति, परम्परा, प्रकृतिप्रति आकर्षित गर्न सके मात्रै नेपाल पर्यटनको क्षेत्रबाट प्रकृति र संस्कृतिलाई देखाएर धेरै विदेशी मुद्रा आर्जन गर्न सक्ने अवस्था रहेको उल्लेख गरे।

नेपालको जङ्गल, जडीबुटी र पानीलाई मात्रै सदुपयोग गर्न सके आर्थिकरूपमा धेरै माथि पुग्ने उनको भनाइ थियो। उनले मुलुकमा गीतसङ्गीतको क्षेत्रबाट योगदान पुर्‍याउने स्रष्टालाई राज्यले सम्मान गर्ने बताए।

Skip This
Skip This
Logo