प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा बैठक आज बस्दैछ। बैठक बिहबिार दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। 

संसद् सचिवालयका अनुसार आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ। 

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय महिला आयोगको १५ औँ’  वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। 

Logo