धरान-६ का वडा अध्यक्ष भट्टराई राप्रपामा प्रवेश

धरान-६ का वडा अध्यक्ष भट्टराई राप्रपामा प्रवेश

केन्द्रबिन्दु
0
Shares

सुनसरीको धरान उपमहानगरपालिका ६ का निर्वाचित वडा अध्यक्ष भुपेन्द्र भट्टराई राप्रपामा प्रवेश गरेका छन्।

भूगोल केन्द्रीत जिम्मेवारीका लागि धरान पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार बिहान धरान पानमारामा आयोजित कार्यक्रममा भट्टराईलाइ पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका हुन्। भट्टराई गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए।

त्यसअवसरमा धरान-६ का अगुवा कार्यकर्तालाई शुभकामना सहित सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीले देशका सबै स्थानीय तहमा केन्द्रीय नेताहरुलाई भूगोल केन्द्रीत जिम्मेवारीमा खटाएको र आफूले धरान छनौट गरेको बताए।

Skip This
Skip This
Logo