राप्रपाले भन्याे- महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग पार्टीको सम्बन्ध छैन

राप्रपाले भन्याे- महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग पार्टीको सम्बन्ध छैन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग आफ्नो पार्टीको कुनै सम्बन्ध नभएको बताएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा महामन्त्री राणाले बुधबार भएको यादवमाथिको आक्रमणमा संलग्न व्यक्तिको आफ्नो पार्टी राप्रपासँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका हुन् । यादवमाथि आक्रमण गर्ने व्यक्तिलाई लिएर राप्रपामाथि आक्षेप लगाउने प्रयास भइरहेको भन्दै उनले राप्रपाले हिंसाको राजनीतिमा विश्वास नगर्ने पनि बताए । 

यादवमाथि आक्रमण गर्ने व्यक्तिमाथि कारबाही गर्न माग गर्दै उनले भने, ‘आक्रमणपछि उहाँले राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा र एमसीसीको विरुद्धमा नारा लगाए । महेन्द्रजीले बोल्दा पनि उहाँले विरोध जनाइराख्नुभएको थियो । त्यो घटनाप्रति दुःख व्यक्त गर्छौं । त्यो व्यक्ति हाम्रो पार्टीमा कुनै पनि हिसाबले संलग्न थिएनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी हिंसाको राजनीतिमा न विश्वास गरेकोथ्यो न त आउने दिनमा गर्छ । यो विषय प्रस्ट होस् ।’ 

Skip This
Skip This
Logo