महेन्द्र यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

महेन्द्र यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

केन्द्रबिन्दु
0
Shares

सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले यादवमाथि भएको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएपछि सभामुखले त्यसबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देश गरेका हुन् ।

यसअघि हिजो बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निकिस्ने क्रममा नेता यादवमाथि धारिलो हतियार प्रहार भएको थियो । 

त्यस्तै, उपचारका लागि कान्ति बाल अस्पताल लगिएकी बालिका रेजिशा गोपालीको निधन भएको थियो । खर्च नभएको कारण देखाएर बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै निधन भएको भन्दै चर्को आलोचना भएको थियो ।

गगनको प्रश्नः काठमाडौंमा एक्लै हिँड्न नहुने हो ? कोही जलाउने भन्छ, कोही खुकुरी हान्छ

Skip This
Skip This
Logo