कृषि क्षेत्रको विकासका लागि ७७ जिल्लामै यान्त्रिकरणको नीति लागू गरेका छाैंः मन्त्री भुसाल

कृषि क्षेत्रको विकासका लागि ७७ जिल्लामै यान्त्रिकरणको नीति लागू गरेका छाैंः मन्त्री भुसाल

केन्द्रबिन्दु
0
Shares

कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि क्षेत्रको विकासका लागि यान्त्रिकरणको नीति ७७ जिल्लामा लागू गरिएको बताएका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा सांसद प्रेम सुवालको कृषिको यान्त्रिकरणको अवस्था कस्तो छ भन्ने प्रश्नमा मन्त्री भुसालले ७७ वटै जिल्लामा कार्यक्रम लागू गरिएको जानकारी दिएका हुन् । 

उनले भने, ‘कृषि क्षेत्रको विकासका लागि यान्त्रिकरण गर्ने सरकारको नीति छ, यो नीति प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत ७७ जिल्लामा लागू गरिएको छ । परियोजनाबाट ट्याक्टर, पाउ टिरल, मिनि टिलर, धान रोप्ने मेशिन, खाल्टो खन्ने मेशिन, थ्रेचर, ड्रायर, ग्रेडरलगायतका यन्त्रहरु खरिद गरेर कष्टम हायरिङ् सेन्टरमा राखेर किसानहरुलाई प्रयोग गर्न दिइने छ त्यस्तो सेन्टर जम्मा ५ सय ८० वटा रहेका छन् ।’ 

यस्तै मन्त्री भुसालले परियोजनाको क्षेत्रमा नपरेको किसानहरुको लागि कृषिको लागि यन्त्र खरिद गर्दा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको भन्दै फार्म, कृषक समूह, सहकारीहरुलाई प्राविधिक तालिम, औजार मर्मत तालिम पनि उपलब्ध गराएको बताए । 

उनले भने, ‘उक्त परियोजनाको क्षेत्रमा नपरेको किसानहरुले कृषि औजारलाई यन्त्र खरिद गर्न चाहेमा ५० प्रतिशत अनुदान दिने व्यवस्था रहेको छ । यसबाट उत्पादन लागत घटेसँगै उत्पादन वृद्धिमा मद्दत पुगेको छ । फाम, कृषक समूह, सहकारीहरुलाई प्राविधिक तालिम, औजार मर्मत तालिक पनि उपलब्ध गराईन्छ ।’ 

Logo