यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु


सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन)नियमावली, २०८० स्वीकृत गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्,‘आज बसेको मन्त्रिपरिषद्को बैठकमा तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० लाई स्वीकृत गर्ने निणर्य भएको छ । ’

साथै बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने देखि संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० लाई संघीय संसदमा पेश गर्ने सम्मका पाँच वटा निणर्यहरु गरेको प्रवक्ता शर्माले जानकारी दिइन् । 

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
–तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने ।
–संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेश गर्ने ।
–निजामति सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने । 
–स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने ।
–चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने ।

Logo