रुपान्तरण अभियान महोत्तरीमा, माओवादीको विवाद उत्कर्षमा

रुपान्तरण अभियान महोत्तरीमा, माओवादीको विवाद उत्कर्षमा

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रको रुपान्तरण अभियानकै क्रममा महोत्तरीमा खटपट सुरु भएको छ।

संस्थापन र संस्थापन इतर पूर्व जनमोर्चा धारको विवादका कारण विशेष गरि क्षेत्र न.१ मा खटपट सुरु भएको हो। महोत्तरीका जिल्ला इन्चार्ज समेत रहेका राजु खड्का र गिरिराजमणी पोखरेल पक्षधरबिच भएको विवाद रुपान्तरण अभियान कै क्रममा उत्कर्षमा पुगेको छ। 

तर, खडका रुपान्तरण अभियानमा सर्लाहीको नेतृत्व गरिरहेका छन भने महोत्तरीमा अच्युतम काफ्ले कमाण्डर बनेका छन्। लामो समयदेखी पाटीभित्र चलिरहेको आन्तरिक टसल सतहमा देखिएपछी केन्द्रमा समेत यसकाे ध्यानाकर्षण गराइएकाे छ।

मधेश प्रदेशको कमाण्डर बनेर आएका केन्द्रिय सचिव लीलामणि पोखरेलले खासै विवाद नरहेको बताउँछन् तर आन्तरिक विवादलाई सचिव पोखरेलले सुल्झ्याँउने प्रयास नगरेको कतिपय नेताहरुको आरोप छ।

रुपान्तरण अभियानलाई प्रभावकारी बनाउन बर्दिबास नगर नेतृत्वविहिन बनेपछि बहुमतले रुद्र सुस्लिङलाई अगाडि सारेको र यहीबाट विवाद सुरु भएको बुझिएको छ। वडा तहबाट सुरु गरिने भनिएको रुपान्तरण अभियानमा सुस्लिङ मगरलाई अगाडि सार्नु नै रहस्यमय बनेको संस्थापन पक्षको जिकिर छ।

यता नगरमा पूर्व नगरप्रमुख बिदुर कार्की पक्षधरहरुले भने पाटी लामो समयदेखी  बन्दी भएको र जनताको घरदैलोमा जादा जिम्मेवारीपूर्ण ढंगले प्रस्तुत हुनुपर्ने भएकाले रुद्र सुस्लिङ्गलाई पाटीको बहुमत सदस्यले जिम्मेवारी दिएको दावी गरेका छन्।

माओवादी केन्द्रको आधार इलाका मानिएको क्षेत्र न.१ मा यस्तै विवादहरुले कमजोर बन्दै गएको छ। अघिल्लो स्थानिय तहको निर्वाचनमा बर्दिवास,गौशाला माओवादी केन्द्रले जितेको थियो भने संघमा समेत माओवादी केन्द्रले नै जितेको थियो।

तर यो निर्वाचनमा माओवादी केन्द्रले प्रदेश `ख´ मा बाहेक सबै पालिका मात्र हैन संघ समेत गुमाउनुपर्‍यो। नेताहरुबिचको आन्तरिक टसलले कार्यकर्ता समेत दुई कित्तामा उभिएका छन्।

एकथरीले पाटीको विधि र प्रक्रियालाई मिचेको भन्दै आलोचना गरिरहेका छन् भने अर्कोथरीले पाटी बलियो बनाउन यो नै उत्तम अस्त्र भएको बताउँदै आएका छन्।

नगरको नेतृत्वको लागि खड्काले ज्ञान बहादुर गोलेलाई अगाडि सारेका थिए भने बिदुर कार्की पक्षधरले रुद्र सुस्लिङ्गलाई अगाडि सारेका थिए। जिल्ला इन्चार्ज समेत रहेका खडकाले सन्तुलित नेतृत्व गर्न नसकेको आरोप लगाउँदै पाटीभित्रको सम्पुर्ण उत्तारचढावलाई खड्काले नै जिम्मेवारी लिनुपर्ने कतिपय नेताहरुको तर्क छ।

Logo