नेपालको राजनीतिमा नेकपा एसको महत्वपूर्ण स्थान छः माधव नेपाल

नेपालको राजनीतिमा नेकपा एसको महत्वपूर्ण स्थान छः माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, नेपालको राजनीतिमा एकीकृत समाजवादी पार्टीको महत्वपूर्ण भूमिका रहेको दाबी गरेका छन्। 

शनिबार काठमाडौँमा आयोजित नेकपा एस निकट एकीकृत ट्रेड युनियन महासंघ, नेपालद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सरकार गठनदेखि लिएर राजनीतिक सहमतिका लागि समेत आफ्नो पार्टीको महत्वपूर्ण भूमिका रहने गरेको जिकिर गरेका हुन्। 

‘हामी अहिले जुन हौँ,देशको राजनीतिको कोर्ष नै चेन्ज गर्दिराका छौँ। ठूलो भनिएको पार्टी सक्तामा थियो हामीले अहिले अलिकत चेन्ज गर्ने वित्तिकै त्यो सरकार ढल्यो। अर्को सरकार बन्नै सक्दैन भनेका थिए हामीले बनाएर देखाइदियौँ। यो बनाएर देखाउने कुरामा कस्ले भूमिका खेल्यो?’ उनले भने।
 
पार्टीको नेताहरुको भूमिका प्रभावकारी भएको तर्क गरे। उनले भने‘सबैलाई ल्याउने काममा हाम्रो पार्टीले भूमिका खेल्यो। यो त आज पनि सबैले स्वीकार गर्छन्। सुन्नुसत भाषणमा,उनीहरुले भनेका अभिव्यक्तिहरुमा। एकीकृत समाजवादीका नेताहरु वास्तवमा महत्वपूर्ण भूमिका निर्वाह गरीरहेका छन्,’ नेपालले भने। 

त्यस्तै राजनीति,संगठन र आन्दोलनालाई अगाडि बढाउनै नसक्ने अवस्था आएपछि तत्कालिन नेकपा एमालेमा केपी शर्मा ओलीको प्रवृतिसँग जुधेर अर्को पार्टी गठन गर्नु परेको दोहोर्‍याउँदै उनले अहिले पनि आफ्नो पार्टीका लागि एमाले बाधक बन्ने गरेको आरोप लगाए।
 
उनले भने,‘हाम्रो पार्टी अगाडि बढ्ने कुरामा सबभन्दा ठूलो समस्या अहिले को भएको छ? व्यवहारमा हेर्नुहोस् त कसैले भन्लान् काँग्रेस भएको छ,ए काँग्रेस भाछ? अनि केपी र उस्को पार्टी समस्या नभएर त्यसलाई नपन्छाएर त्यो प्रवृतिका विरुद्धमा नजुधेर न संगठन अगाडि बढ्छ,न राजनीति हाम्रो अगाडि बढ्छ। संगठन,राजनीति र आन्दोलन अगाडि नबढ्ने यथार्थलाई विर्सेर अरु कुरा गरेर चल्ने कुराको कुनै अर्थ छैन।’

६० जनालाई महासंघमा प्रवेश गराएका उनले पार्टीले भूमिका खेले जस्तै जनताको पक्षमा मजदुरको पक्षमा इमान्दार रुपमा काम गर्न सुझाए। त्यस्तै उनले देशको राजनीतिलाई सहि दिशामा लैजान सरकारले खोजिरहेको बताए। ‘राजनीतिलाई सहि दिशामा लैजाने भनेको सरकार सहि ढंगले अघि बढ्ने हो। र अहिले सरकार सही ढंगले अघि बढ्न खोजीरहेको छ।’ 

Logo