बागमतीमा प्रदेश सभा बैठक अघि सर्वदलीय बैठक बस्दै

बागमतीमा प्रदेश सभा बैठक अघि सर्वदलीय बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ। 

आइतबारका लागि बोलाइएको प्रदेशसभा बैठक चल्ने अवस्था नदेखेपछि प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले सर्वदलीय बैठक बोलाएका हुन्। 

सभामुख पाठकले बोलाएको सर्वदलीय बैठक आइतबार बिहान १० बजे बस्नेछ। साे बैठक प्रदेश सचिवालय भवनमा बाेलाइएकाे छ। गत भदौ १८ गतेदेखी बैठक बस्न नसकी तीन तीन पटक सारिएको छ। उक्त बैठकमा सहमति कायम गरी पूर्वनिर्धारित कार्यक्रम अनुसार बिहान ११ बजे देखी प्रदेशसभा बैठक सूचारू गर्ने योजना रहेको छ।

चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्दाको समयमा प्रतिपक्षी दलहरूसँग गरेको सहमति सरकारले कार्यान्वयन नगरेपछि प्रदेशसभा सञ्चालनमा एमाले र राप्रपाले असहमति जाहेर गर्दै आइरहेका छन्।

सो बेला भएको सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएसँगै बैठक प्रभावित बनेको सभामुखको सचिवालयले जनाएको छ ।  

Logo