आजदेखी बीपी साहित्य महोत्सव सुरु हुँदै

आजदेखी बीपी साहित्य महोत्सव सुरु हुँदै

केन्द्रबिन्दु
0
Shares

आजदेखी काठमाडौँमा बीपी  साहित्य महोत्सव २०८० सुरु हुँदैछ।

प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेस संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्म जयन्तीको अवसरमा आइतबारदेखि तीन दिनसम्म बीपी साहित्य महोत्सव, २०८० आयोजना हुन लागेको हो। सो साहित्य महोत्सव नेपाली काँग्रेसले गर्दैछ।

आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाले सो महोत्सवको उद्घाटन गर्नेछन्। सो महोत्सव केन्द्रिय कार्यालय, सानेपामा हुनेछ।बीपी कोइरालाको जन्म जयन्तीका अवसरमा काँग्रेस केन्द्रीय कार्यसमितिको आयोजनामा हुन लागेको सो महोत्सवलाई भब्य र सभ्य तरिकाले समापन गराउनका लागि नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिवार र फाइनआर्टको सहयोग रहेको छ। महोत्सवमा आगामी भदौ २६ गते सम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहनेछ।

Logo