‘एउटै व्यक्ति पाँच चोटी प्रधानमन्त्री हुनु लज्जास्पद’ -रविन्द्र मिश्र

‘एउटै व्यक्ति पाँच चोटी प्रधानमन्त्री हुनु लज्जास्पद’ -रविन्द्र मिश्र

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले एउटै व्यक्ति पाँच पटक प्रधानमन्त्री बन्नु लज्जाको कुरा भएको तर्क गरेका छन् । 

आइतबार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप नीतिको अन्तर्य र औचित्य’ विषयक विचार गोष्ठि कार्यक्रममा उपाध्यक्ष मिश्रले पाँच चोटी प्रधानमन्त्री हुन गौरवको कुरा नभई लज्जास्पद कुरा भएको तर्क गरेका हुन् । 

‘आर्थिक अवस्था न्युन छ र नेताहरु कुनै पनि बेला  पाँच चोटिबाट ७ चोटिसम्म प्रधानमन्त्री बन्न तयार भएर बसेका छन् । पाँच पटक प्रधानमन्त्री हुनु गौरबको कुरा हैन लज्जास्पद कुरा हो ।’ उनले भने, ‘३ चोटी ४ चोटी मन्त्री हुन भनेको लज्जाको कुरा हो । त्यो गर्वको कुरा होईन । त्यो भनेको देशलाई अस्थीर बनाएको र प्रधानमन्त्री भएर पनि केही गर्न नसकेको प्रमाण हो ।’

धेरै पटक प्रधानमन्त्री हुनुभन्दा आफ्नो नेतृत्वमा के काम भयो भन्ने कुरा महत्वपूर्ण भएको उपाध्यक्ष मिश्रको भनाई छ ।

Skip This
Skip This
Logo