नेम्वाङको निधनबाट राष्ट्रलाई अपुरणीय क्षति भएकाे छः पूर्वराष्ट्रपति भण्डारी

नेम्वाङको निधनबाट राष्ट्रलाई अपुरणीय क्षति भएकाे छः पूर्वराष्ट्रपति भण्डारी

केन्द्रबिन्दु
0
Shares

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले आफू स्तब्ध भएको बताएकी छिन्।

सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै उनले नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वकारी गुण भएको व्यक्तित्वका रूपमा स्मरण गरेकी हुन्।

संसदीय दलका उपनेता नेम्वाङको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपुरणीय क्षति पुगेको पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरेकी छिन्। पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, यस दुःखद् घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु।”

Logo