मधेश प्रदेशकी सांसद यादवको निधन

मधेश प्रदेशकी सांसद यादवको निधन

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ । 

पाठेघरको मुखको क्यान्सरबाट पीडित ४४ वर्षीया यादवको प्रादेशिक अस्पताल जनकपुरमा आज बिहान ८ बजे निधन भएको हो । उनी १० दिनदेखि आइसियू कक्षमा भर्ना भएर उपचाररत थिइन् ।

यादव समानुपातिक सांसद थिइन् । 

Logo