आज काठमाडौँमा राप्रपा नेपालले प्रदर्शन गर्ने

आज काठमाडौँमा राप्रपा नेपालले प्रदर्शन गर्ने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज विरोध प्रदर्शन गर्दैछ।  भर्खरै संवैधानिक राजतन्त्रको अजेन्डामा फर्किएको कमल थापा नेतृत्वको राप्रपा नेपालले काठमाडौँमा प्रदर्शन गर्न लागेको हो।

संवैधानिक राजतन्त्रको पूर्नस्थापना, हिन्दु राष्ट्रको माग र संघियताको खारेजी तथा भ्रष्टचारको विरोधमा राप्रपा नेपालले काठमाडौँमा प्रदर्शन गर्न लागेको सो पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। 

उनका अनुसार भदौ २९ गते दिउँसो १ बने भद्रकालीबाट प्रदर्शन सुरु हुने र भृकुटीमण्डपमा आएर विरोधसभामा परिणत हुनेछ। उक्त सभालाई अध्यक्ष थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Skip This
Logo