बाल दिवसको शुभकामना दिँदै ओलीले भने- ‘मलाई बालबालिका प्यारा लाग्छन्’

बाल दिवसको शुभकामना दिँदै ओलीले भने- ‘मलाई बालबालिका प्यारा लाग्छन्’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५९औँ राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सम्पूर्ण बालबालिकाहरूमा उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गरेका छन्।  समाजिक सञ्जालमार्फत् शुक्रबार उनले सबै बालबालिकालाई उज्ज्वल भविष्यको कामना भन्दै शुभकामना व्यक्त गरेका हुन्। 

उनले लेखेका छन् ‘म कहिलेकाहीँ सोच्छु, म बालबालिकासँग आकर्षित हुन्छु कि बालबालिका मसँग आकर्षित हुन्छन्! अन्तिममा म आफैं बालबालिकासँग आकर्षित भएको निष्कर्षमा पुग्छु। म लामो समय बाँचेको छु र छोटो समय बाँच्नु छ। यिनीहरुसँग लामो समय। हरेकलाई भविष्य प्यारो हुने भएर हुन सक्छ– मलाई बालबालिका प्यारा लाग्छन्। आज बाल दिवस-सबै सबै बालबालिकालाई उज्ज्वल भविष्यको कामना!’

Logo