बालअधिकार सुनिश्चितताका लागि सबै तवरले काम गर्न आवश्यक छः उपप्रमुख डंगोल

बालअधिकार सुनिश्चितताका लागि सबै तवरले काम गर्न आवश्यक छः उपप्रमुख डंगोल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले बालबालिकाको हक अधिकार सुनिश्चितताका लागि धेरै काम गर्न आवश्यक भएको बताएकी छन् ।

महानगरपालिकाद्वारा आयोजित बाल दिवस विशेष कार्यक्रममा उपप्रमुख डंगोलले यसका लागि सरकारी र संघ संस्थाले उत्तिकै जिम्मेवार भएर काम गर्नु पर्ने बताइन् । 

‘बाल दिवसको कुरा गरिरहँदा बालबालिकाको हक अधिकारको कुराहरु गर्छौ’ उनले भनिन्, ‘बालबालिकाले आनन्दले बस्न र बाच्न पाउने अधिकार सुनिश्चित गर्ने, गाँस, बास कपास र शिक्षालगायत अधिकारहरुको सुनिश्चित गर्नुपर्छ । यसका लागि सरकारी र संघ संस्थाको तरवरबाट काम गर्नुपर्छ ।’

इतिहासलाई खोतल्दै जाने हो भने बाल अधिकारका लागि धेरै अघिदेखि संघर्ष गर्दै आएको उनको भनाई छ । उनले बालबालिकाहरुले पनि अधिकार र कर्तव्यलाई सँगसँगै लानुपर्ने बताइन् । 

Skip This
Skip This
Logo