एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकलाई विदेशीको क्रिडास्थल बनाउन खोजिएको भन्दै आक्रोश पोखेका छन् ।
काठमाडौंमा समाजवादी सहकारी संगठनको प्रथम स्थापना दिवसलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री खनालले दुईतिरका ठुला छिमेकीले पनि आआफ्नो स्वार्थ स्थापनाको प्रयास गरेको र एउटा टाढाको देशले नेपालीको आस्थालाई किन्ने कोसिस गरिरहेको आरोप लगाएका हुन् ।
धरानमा देखिएको घटनाले देशभर फैलाउने कोसिस भइरहेको आशंका छ ।
‘अहिले पनि हाम्रो देशमा अमेरिकी सेना आएर ट्रेनिङ गरिरहेको छ । यो कार्यक्रम भइरहँदा पनि । घनिभूतरुपले त्यो प्रकारको जुन अवस्था सिर्जना हुँदैछ । यो सुखद कुरा होइन् ।’ उनले भने, ‘हाम्रो देशलाई विभिन्न कारणले चै प्रयोग गर्न खोजिँदैछ ।’ उनले भने ‘यो शान्त देश, यो बुद्धको देश, तपाई हामी सबै शान्तिप्रिय जनता हौं । हामी शान्ति चाहान्छौं । हामी कसैसँग लड्न चाहाँदैनौं । हामी हाम्रो देशलाई स्वतन्त्र राख्न चाहान्छौँ । सार्वभौम सत्ता सम्पन्न बनाउन चाहन्छौँ । हिजो गरिएका असमान सन्धिपनि हामी रद्द गर्न चाहन्छौं ।’
एमसीसी नेपालको निधारमा लगाइएको कलंकको टीका भएको पूर्वप्रधानमन्त्री खनालको दाबी छ ।





























प्रतिक्रिया