प्रधानमन्त्री प्रचण्ड राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका प्रस्थान गर्दै

प्रधानमन्त्री प्रचण्ड राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका प्रस्थान गर्दै

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका प्रस्थान गर्दैछन्। संयुक्त राष्ट्रसङ्घ ७८औँ महासभामा भाग लिन शनिबार अमेरिकातर्फ प्रस्थान गर्न लागेका हुन्।

हिजो बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो। 

चीन भ्रमणका क्रममा ऊर्जा,भौतिक पूर्वाधार तथा यातायात, कृषिलगायतका विषयमा दुईपक्षीय छलफल र केही विषयमा समझदारी हुने सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन्। प्रधानमन्त्री प्रचण्ड राष्ट्र संघीय सभालाई सम्बोधन गरेर अमेरिकाबाट असोज ५ गते चीन भ्रमणमा जाने कार्यतालिका रहेको छ। 

Skip This
Skip This
Logo