बागमती प्रदेश सभा बैठक बस्दै

बागमती प्रदेश सभा बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेश सभा बैठक बस्दैछ। शुक्रबारका लागि तय भएको बैठक अन्तिम समयमा स्थगित भएपछि सो बैठक शनिबार बस्न लागेको हो।

प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभाको सो बैठक बिहान ११ः०० बजे बस्ने छ। प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा विशेष समयलाई कार्यसूचीमा राखिएको छ भने सोही बैठकवाट प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ।

प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो। चालु आर्थिक बर्षको बजेटमा सत्तापक्ष र प्रतिपक्ष बिचमा सहमति हुन नसक्दा बागमती प्रदेशको प्रदेश सभा बैठक पछिल्लो समयमा प्रभावित हुँदै आएको छ। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमा यसअघि भएको सहमति सरकार र सत्तारुढ दलले अस्विकार गरेपछि प्रदेश सभा बैठकमा सञ्चालन सहज तरिकाले हुन अझै सकेको छैन। 

Logo