काठमाडौं ।
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजेदेखि जारी छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४ औँ महाधिवेशन र अधिवेशनको कार्यतालिका बारेमा छलफल हुने बताइएको छ ।
पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको आइतबार बसेको बैठकले काँग्रेसको १४ औँ महाधिवेशन निर्धारित समय आगामी फागुन ७ देखि १० गतेसम्म नै काठमाडौँमा गर्ने र अन्य अधिवेशनका तालिकामा सामान्य हेरफेर गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई केन्द्रीय समितिको आज बैठकले पारित गर्ने पार्टी कार्यालयले जनाएको छ ।





























प्रतिक्रिया