गणतन्त्र सस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक छः मन्त्री किराती

गणतन्त्र सस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक छः मन्त्री किराती

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको आर्थिक अवस्थामा सुधार ल्याउन उच्च प्राथमिकता दिएको बताएका छन्। 

प्रेस सेन्टर नेपालको कोशी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उनले  जातजातिबीचको सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुने बताएका हुन्। 

मन्त्रि किरातीले गणतन्त्रलाई सस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक रहेकामा जोड दिए। भेलामा कोशी प्रदेशका प्रेस सेन्टरसँग आबद्ध पत्रकारको सहभागिता रहेको थियो।

Logo