प्रतिपक्षले राम्रा कामको समेत गलत प्रचार गरेको उपमहासचिव पुनको आरोप

प्रतिपक्षले राम्रा कामको समेत गलत प्रचार गरेको उपमहासचिव पुनको आरोप

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले विपक्षले माओवादीले गरेको सकारात्मक कामको समेत गलत प्रचार गरेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित अखिल नेपाल यातायात मजदुर संघ उपत्यका ट्याक्सि विशेष समितिको चौथो सम्मेलनमा उपमहासचिव पुनले विपक्षीले राम्रा कामलाई गलत अर्थ लगाएर सानो सानो कुरालाई पनि समस्याको रुपमा खडा गर्ने गरेको आरोप लगाएका हुन् । 

‘विपक्षले व्यवहारिक कुरा सानो सानो हाम्रो कमीका कुराहरु केही ढंग नपुगेका कुराहरु उठाएर ठुलो बनाइ दिएको हुन्छ । र हाम्रो उपलब्धीहरू कमजोर गर्ने हाम्रा राजनीति, हाम्रो परिवर्तन हाम्रो त्याग बलिदानलाई कमजोर बनाउने र भ्रमित पार्ने काम गरिरहेको हुन्छ ।’ उनले भने । 

अध्यक्ष प्रचण्डले आफैले भ्रष्टाचारविरुद्ध कदम चाल्दा चाल्दै पनि उनीमाथि नै दोष लगाउने काम भएको आरोप लगाएका उनले यस्ता भ्रमपूर्ण कुराहरुबाट सचेत रहनुपर्ने र आफूहरु यस्ता भ्रमपूर्ण कुराले नडराउने बताए ।  

Logo