राप्रपा नेपालले आज देशव्यापी प्रदर्शन गर्ने

राप्रपा नेपालले आज देशव्यापी प्रदर्शन गर्ने


राप्रपा नेपालले आज देशव्यापी प्रदर्शन गर्ने भएको छ। 

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासकको पुत्ला जलाउन तथा राँके जुलुश प्रर्दशन गर्ने तयारी गरिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। प्रदर्शनलाई व्यपकता दिइ सफल बनाउन पार्टीले जिल्ला कमिटी, भातृसंगठन र आमजनतालाई आह्वान समेत गरेको पार्टीले जनाएको छ। 

संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाले मुलुकलाई संकटको दलदलमा फसायकोले मुक्तिका लागि अब सडक संघर्षका माध्यमबाट व्यवस्था परिवर्तनमा जोड दिँदै राप्रपा नेपाल पछिल्लो समय सडक आन्तोलनको तयारीमा रहेको छ।

Logo