आयरल्याण्डमा सभामुख घिमिरेको सिनेट अध्यक्षसँग भेट

आयरल्याण्डमा सभामुख घिमिरेको सिनेट अध्यक्षसँग भेट

केन्द्रबिन्दु
0
Shares

साता लामो आयरल्याण्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले द्विपक्षीय भेटघाट सुरु गरेका छन्। मंगलबार साँझ माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग उनले शिष्टाचार भेट गरेका हुन्। 

भेटमा दुई देशबीच संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए। 

उनका अनुसार भेटमा सभामुख घिमिरेले दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको २४ वर्षमा उच्चस्तरीय भ्रमण, सहयोग आदान प्रदान लगायतका काम भएको स्मरण गरेका थिए। 

सभामुख घिमिरेले विगत केही वर्षयता नेपाल र आयरल्याण्डबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताए। उनले सन् २०१९ सेप्टेम्बरमा आयरल्याण्डको प्रतिनिधिसभाका सभामुखको नेपाल भ्रमणले दुई संसदबीचको सम्बन्धलाई घनिष्ट बनाएको उल्लेख गरेका थिए। 

सिनड एरियनका अध्यक्ष जेरी बटाइमरले संसदीय आदानप्रदानलाई दुवै देशले महत्वका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले सुरक्षा परिषदमा नेपालले आयरल्याण्डलाई समर्थन गरेकोमा धन्यवाद दिएका थिए। नेपालको शिक्षा तथा पर्यटनका क्षेत्रमा आफ्नो मुलुक लगानी गर्न इच्छुक रहेको अध्यक्ष बटाइमरले जानकारी दिएका थिए।

Skip This
Skip This
Logo