शान्ति प्रक्रियाको महत्वपूर्ण कार्यभार अझै बाँकी छः गृहमन्त्री श्रेष्ठ

शान्ति प्रक्रियाको महत्वपूर्ण कार्यभार अझै बाँकी छः गृहमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको महत्वपूर्ण कार्यभार अझै पूरा गर्न बाँकी रहेको बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित लखन थापालाई प्रथम सहिद घोषणा गरेको ८औं वार्षिकोत्सव कार्यक्रममा गृहमन्त्री श्रेष्ठले शान्ति प्रक्रियालाई पूर्णता दिनुपर्ने बताएका हुन् । 

‘शान्ति प्रक्रियाको अझै महत्वपूर्ण कार्यभार अझैपनि पुरा गर्न बाँकी छ । त्यो भनेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कार्यभार हो’ उनले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पुरा गर्ने गरी हामीले शान्ति प्रक्रियालाई समग्रतामा पूर्णता दिनुपर्छ । नेपालमा द्वन्द्व पीडितलाई न्यायसहित दिगो शान्ति स्थापित गर्नुपर्छ ।’

गृहमन्त्री श्रेष्ठले पछिल्लो समय नेपालमा भएको राजनीतिक परिवर्तनमा त्यो सबै प्रेरणाको स्रोत लखन थापा भएको बताए । सहिदहरूले दिएको बलिदानहरुको मान राख्नु पर्ने र त्यसैअनुरूप सबै अगाडि बढ्नुपर्ने उनको भनाई छ । 

उनले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको रक्षामा सबै एकजुट र सजग हुनुपर्ने बताए । 

Logo