एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ। बैठक बिहान साढे १० बजे पार्टी कार्यालय आलोकनगरमा बस्नेछ।

पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल गर्न बैठक बोलाइएको उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए।

पार्टीले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशन–११ बारे पनि छलफल हुने बताइएको छ।

Logo