उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको लडाईँ काम नै नगरी देश खोक्रो बनाउनेविरुद्ध भएको बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित ‘भ्रष्टाचारविरुद्ध सुशासन प्रर्वद्धनका चुनौती’ विषयक विचार गोष्ठी कार्यक्रममा गृहमन्त्री श्रेष्ठले पुँजीपति वर्गविरुद्ध नभई भ्रष्टचारविरुद्ध भएको बताएका हुन् । ‘जसले काम नै नगरी सम्पत्ति आर्जन गरेर यो देशलाई खोक्रो बनाउने काम गरिरहेका छन्, त्यसैको विरुद्धको लडाई हो । भ्रष्टाचार विरुद्धको शुसासनका लागि हो । पुँजीपति वर्गविरुद्ध होइन । ठूला व्यवसायीविरुद्ध होइन ।’ उनले भने ।
उद्योग व्यवसायीहरुको लागि काम गर्ने व्यवस्थित वातावरण बनाउन आवश्यक भएको बताएका उनले राष्ट्रिय पुँजी उत्पादन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले लगानी नगरी शक्ति प्रयोग गरेर देशको अर्थतन्त्रलाई खोक्रो बनाउने र पैसा जम्मा गर्ने संस्कृतिलाई ध्वस्त बताउने घोषणा गरे ।





























प्रतिक्रिया