प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्कबाटै चीन जाने

प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्कबाटै चीन जाने


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीन जाँदैछन्। संयुक्त राष्ट्रसङ्घको महासभालाई  सम्बोधन गरेपछि प्रधानमन्त्री ‘प्रचण्ड’ आज न्युयोर्कबाटै चीन जाने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

प्रधानमन्त्री ‘प्रचण्ड’को चीन भ्रमण टोलीमा स्वकीय सचिव गंगा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठ लगायत सरकारी अधिकारी र उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरू छन्।

हाङझावमा प्रधानमन्त्री ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सि चिनफिङसँग भेट्नेछन्। त्यहाँ २३ सेप्टेम्बरमा हुने १९ औँ एसियन खेलकुदको उद्घाटन सत्रमा प्रधानमन्त्री ‘प्रचण्ड’ र चिनफिङबीच भेटवार्ता हुने परराष्ट्रले जनाएको छ। प्रधानमन्त्री ‘प्रचण्ड’ले समकक्षी ली क्वान र चीनको नेशनल कंग्रेसका अध्यक्ष ‍झाओ लेजीसँग बेइजिङमा द्विपक्षीय भेटवार्ता गर्नेछन्।

Logo