पूर्वमन्त्री खेमराज भट्टको निधन

पूर्वमन्त्री खेमराज भट्टको निधन


पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार खेमराज भट्ट ‘मायालु’को निधन भएको छ। काठमाडौँको वीर अस्पताललमा क्यान्सरको उपचार गराइरहेका भट्टको बिहीबार राति निधन भएको हो।

डडेलधुरामा जन्मिएका भट्ट गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन्। रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम बिष्फोट गराएको थियो। त्यतिबेला मायालु जनवादी मोर्चाको उपाध्यक्ष थिए।

पछि उनी नेपाली काँग्रेसको राजनीतिमा लागेका थिए। २०५६ सालको आम निर्वाचनमा बर्दियाबाट नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका उनी केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए।

Logo