उपप्रधान तथा गृहमन्त्री नाराणकाजी श्रेष्ठले व्यक्तिको आस्था वा धर्म जस्तो सम्वेदनशील विषयमा प्रशासनिक कोणबाट मात्रै हल खोज्न नहुने बताएका छन् ।
व्यक्तिगत आस्थालाई कुनै पनि कोणबाट अतिक्रमण र आक्रमण गर्नु नहुने भन्दै त्यसमा आघात पुर्याउने काम कसैले पनि गर्नु नहुने उनले बताए ।
शुक्रबार धार्मिक सद्भाव कायम गर्ने सम्बन्धी छलफल कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले संविधान र कानुन कार्यान्वयनको प्रक्रियालाई राज्यले व्यवस्थित गर्ने पनि बताए् ।
‘व्यक्तिको आस्था वा धर्म जस्तो सम्वेदनशील विषयमा प्रशासनिक कोणबाट मात्रै हल गर्न खोजेर हुँदैन, कहिलेकाहीँ त्यसले जटिल अवस्था बनाउन पनि सक्छ । संविधान र कानुनको कार्यान्वयन प्रक्रियालाई त हामी व्यवस्थित बनाऔंला तर समाजलाई एकतामा राख्ने काम हामी सबैले जनचेतना जागृत गरेर आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्छ ।’





























प्रतिक्रिया