प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटवार्ता भएको छ ।

शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका प्रधानमन्त्री प्रचण्डले  चिनियाँ शहर हाङजाउमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् ।भेटवार्ताका एजेण्डा भने जानकारी गराइएको छैन। तर नेपालले नेपालको भौतिक पूर्वाधारलगायत विभिन्न दुई पक्षीय हितका विषयमा छलफल गर्ने बताइएको छ ।

भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले दुई घण्टा होटलमा आराम गर्ने र आजै १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर आजै न्यूयोर्कबाट चीन पुगेका हुन् । उनले यही सेप्टेम्बर २२ मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेका थिए । 

प्रधानमन्त्री प्रचण्ड उक्त कार्यक्रमपछि चीनको राजधानी सहर बेइजिङ आउने छन् । बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । 

Skip This
Skip This
Logo