भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सरकार प्रतिबद्ध छः कानूनमन्त्री गुरुङ

भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सरकार प्रतिबद्ध छः कानूनमन्त्री गुरुङ

केन्द्रबिन्दु
0
Shares

कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचार नियन्त्रण गरेर मुलुकलाई सुशासनतर्फ लैजान सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री गुरुङले सबैको भ्रष्टाचारको दलदलबाट मुलुकलाई मुक्त गर्ने चाहना रहेको भन्दै भ्रष्टाचारलाई नियन्त्रण गरेर मुलुकलाई सुशासनतर्फ लैजान सबै एकाकार प्रतिबद्ध रहेको बताएका हुन् । 

उनले भने, ‘हामी कोही पनि यो मुलुकलाई भ्रष्टाचारको दलदलमा फसाइरहन चाहँदैनौं र भ्रष्टाचारको दलदलबाट यो मुलुकलाई मुक्त गर्न चाहन्छौं हामी सबैजना भ्रष्टाचारलाई नियन्त्रण गरेर मुलुकलाई सुशासनतर्फ लैजान हामी सबै एकाकार पनि छौं र प्रतिबद्ध पनि छौं । ’

मन्त्री गुरुङले भ्रष्टाचारसम्बन्धी विधेयक अझै समृद्ध बनेर अगाडि बढ्ने जिकिर गरे । 

Logo